प्रचण्डले चुनावको परिणाम अस्वीकार गर्दा यो स्थिति बन्याे : ओली

नेपालखोज २०७८ जेठ ७ गते १३:५९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव आकाश खस्ने कुरा नभएको बताएका छन् ।

बालुवाटारमा पत्रकारहरूसँग अन्तर्क्रिया गर्दै उनले भने, ‘चुनाव आकाश खस्ने कुरा होइन संबैधानिक कुरा हो । स्वतन्त्र र निष्पक्ष चुनाव गराउनुपर्छ ।’

उनले लोकतन्त्रमा चुनावबाट भागेर कहिँ नपुगिने बताए । सबैले जनताको अभिमत एक अबधिका लागि स्वीकार गर्नुपर्ने पनि बताए ।

प्रचण्डले चुनावको परिणाम अस्वीकार गर्दा यो स्थिति बनेको ओलीको आरोप छ ।

उनले माधव नेपालले आफ्नै पार्टी ध्वस्त पार्न हिडिरहेको बताए ।

प्रतिक्रिया