युक्रेनको राजधानी किएभमा विस्फोटन, एउटा आवासीय भवनमा आगो लाग्याे
नेपालखोज
२०७८ चैत १ गते ११:००

काठमाडाैं । युक्रेनको राजधानी किएभमा मंगलबार बिहान सबेरै विस्फोटनहरूको आवाज सुनिएको विवरण त्यहाँस्थित पत्रकारहरूले दिएका छन् । त्यसपछि किएभस्थित एउटा आवासीय भवनमा आगलागी भएको युक्रेनको सरकारी समाचारसंस्था युक्रिनफोर्मले जनाएको छ ।
यसबारे थप जानकारी आइसकेको छैन । केही समयअघि सहरको पश्चिमपट्टि बाहिरी भेगमा दुईवटा विस्फोटन भएको स्थानीय टेलिभिजन च्यानल युक्रेन २४ ले जनाएको छ । बीबीसी
सम्बन्धित
प्रतिक्रिया