प्रधानमन्त्रीको दाबी गर्दै ओली राष्ट्रपति कार्यालयमा

नेपालखोज २०७८ जेठ ७ गते १६:३०

काठमाडाैं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पनि आफूलाई प्रधानमन्त्रीको दाबी गर्दै राष्ट्रपति कार्यालय गएका छन् । ओलीले एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा) का ३२ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् ।

ओलीले अहिले राष्ट्रपतिसँग परामर्श गरिरहेका छन् भने कांग्रेस र माओवादी गठबन्धनका शीर्ष नेताहरू बैठक कक्षमा राष्ट्रपतिको प्रतिक्षा गरिरहेका छन् । कांग्रेस र माओवादी गठबन्धन पनि सरकारको दाबी गर्दै शीतल निवास पुगेको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसद्को बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिएकी छन् । नयाँ सरकार गठनका लागि एक सय ३६ सांसदको आवश्यकता पर्छ ।    

प्रतिक्रिया