प्रधानमन्त्रीमा देउवाको दाबेदारी पेस, शीतल निवासबाट बाहिरियो विपक्षी गठबन्धन

नेपालखोज २०७८ जेठ ७ गते १७:०६

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रधानमन्त्री पदको लागि दाबी पेश गरेका छन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (उपेन्द्र बाबुराम समूह) र नेकपा (एमाले) माधव नेपाल समूहको साझा उम्मेदवारका रुपमा देउवाले दाबी पेश गरेका हुन्। देउवाले आफूलाई १४९ सांसदको समर्थन रहेको भन्दै दाबी पेश गरेका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीवार संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री पदमा दाबी गर्न आह्वान गरेकी थिइन। उक्त आह्वान अनुसार देउवाले दाबी पेश गरेका हुन्। दाबी प्रस्तुत गरेर देउवासहित विपक्षी गठबन्धनका नेताहरु शीतल निवासबाट बाहिरिएका छन्।

प्रतिक्रिया