मंगलबार, वैशाख १६, २०८२

आयुर्वेद चिकित्सालय नरदेवीमा ५० शय्याको आइसाेलेसन सेन्टर स्थापना

नेपालखोज २०७८ जेठ ७ गते १७:४८


कठमाडाैं । आयुर्वेद चिकित्सालय नरदेवीमा ५० शय्याको आइसाेलेसन सेन्टर स्थापना गरिएको छ । काठमाडौं महानगरपालिकाको सहयोगमा आयुर्वेद चिकित्सालय नरदेवीमा कोभिड-१९ का विरामीलाई उपचार गर्नका लागि ५० शय्याको आइसाेलेसन स्थापना गरिएको हो ।

आइसाेलेसन भोलि शनिबार देखि सञ्चालनमा आउने निर्देशक डा. प्रदीप केसीले जानकारी दिए । आइसाेलेसनमा कोभिड-१९ संक्रमित बिरामीहरुका लागि आधुनिका चिकित्सा सँगसँगै आयुर्वेदिक जीवनशैली, योग, श्वासप्रस्वास एक्सरसाईज र विभिन्न मनोसामाजिक परामर्श सहित उपाचार गरीने पनि डा. केसीले बताए । उनले भने, ।

‘आधुनिक चिकित्सा सँगसँगै आयुर्वेदको जीवनशैली योग, प्रणायम, श्वासप्रस्वास एक्सरसाईज, विभिन्न थेरापीहरु र बिरामीलाई मनोवैज्ञानिक परामर्श, श्रव्यदृश्य सामाग्रीमार्फत्बाट बिरामीलाई हाईफ्लो अक्सिजनसम्मको उपचारको लागि तयारी अवस्थामा छौँ ।’

आईसाेलेसनमा ५० शय्यामध्ये २५ शय्यामा भने एचडियु शय्या र हाइफ्लो अक्सिजनको समेत सुविधा भएको निर्देशक केसीले जानकारी दिए ।

प्रतिक्रिया