शनिबार, जेठ ५, २०८१

प्रभु सेलेक्ट फन्डको तेस्रो दिन, १४५ प्रतिशत बढी एकाइमा आवेदन

नेपालखोज २०७८ जेठ ७ गते १८:४४

काठमाडौं । प्रभु सेलेक्ट फन्ड निष्कासन भएको आज तेस्रो दिन । मागभन्दा १४५ प्रतिशत बढी आवेदन परेको प्रभु क्यापिटलले जनाएको छ ।

प्रभु सेलेक्ट फन्ड जेठ ५ गतेदेखि निष्कासन गरिएको हो । १० करोड एकाइको माग गरिएकामा तेस्रो दिनको अपराह्न ४ बजेसम्म १४ करोड ५६ लाख २० हजार ६०० एकाइका लागि आवेदन परेको छ ।

५६ हजार ३ सय १२ सर्वसाधारण लगानीकर्ताबाट एक अर्ब ३० करोड ६२ लाख ६ हजार रकमबराबरको १३ करोड ६ लाख २० हजार ६ सय एकाइ खरिदका लागि आवेदन परेको हो । प्रभु क्यापिटलले जेठ ५ देखि प्रतिएकाइ १० रुपैयाँ अंकित दरमा एक अर्बबराबरको १० करोड एकाइ म्युचुअल फन्ड बिक्रीमा ल्याएको हो ।

यो फन्डले १५ प्रतिशत एकाइमध्ये कोष प्रबद्र्धक प्रभु बैंक लिमिटेडलाई एक करोड ४० लाख र कोष व्यवस्थापक प्रभु क्यापिटललाई १० लाख एकाइ सुरक्षित गरी बाँकी रहेको आठ करोड ५० लाख एकाइ सर्वसाधारणलाई बिक्री खुला गरिएको हो ।

यो फन्डमा लगानीकर्ताहरूले न्यूनतम १०० एकाइदेखि अधिकतम एक करोड एकाइसम्म आवेदन दिन पाउने व्यवस्था छ । एकाइ खरीदका लागि आवेदन दिने अन्तिम समय छिटोमा जेठ ९ गते आइतबारसम्म छ ।

प्रतिक्रिया