दोस्रोपटक संसद् विघटन भएपछि कांग्रेसले बोलायो आकस्मिक बैठक
नेपालखोज
२०७८ जेठ ८ गते ७:४३

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनावको घोषणा गरेपछि नेपाली कांग्रेसले आज ‘आकस्मिक’ बैठक बोलाएको छ ।
सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बिहान साढे ९ बजे डाकिएको बैठकमा पदाधिकारी तथा पूर्वपदाधीकारीहरु भेला हुने कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए । बैठकमा विकसित राजनीतिक घटनाक्रमबारे पार्टीको साझा धारणा तय गर्दै कसरी अघि बढ्ने भन्नेबारे रणनीति तय गरिने महतले बताए ।
संविधानको धारा ७६–५ को सरकारका लागि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति देउवाले गरेको दाबी नपुगेको भन्दै राष्ट्रपतिले सरकारको सिफारिसमा शुक्रबार मध्यराति आगामी कात्तिक र मंसिरमा मध्यावधि घोषणा गरेकी छन् । मध्यावधि घोषणाको कांग्रेसका कतिपय नेताले विरोध गरेका छन् ।
सम्बन्धित

प्रतिक्रिया