विपक्षी गठबन्धनको संयुक्त बैठक सुरु

नेपालखोज २०७८ जेठ ८ गते १२:१४

काठमाडाैं । विपक्षी दलहरुको गठबन्धनको संयुक्त बैठक सुरु भएको छ । प्रतिनिधि सभा विघटन र मध्यावधि चुनावको मिति घोषणा भएसँगै विपक्षी गठबन्धनले थप रणनीति बनाउन संयुक्त छलफल सुरु गरेका हुन् । 

अहिले नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह र एमालेको खनाल-नेपाल समूहको छलफल सुरु भएको कांग्रेस नेता बालकृष्ण खाणले बताए ।

हिजो संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीको रुपमा विपक्षी गठबन्धनको तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवाले दाबी पेस गरेका थिए ।

प्रतिक्रिया