शुक्रबार, जेठ ४, २०८१

सत्ताको चिता !

डा. सुरेन्द्र सिटौला २०७८ जेठ ८ गते १४:४७

(१)
आलस्यको लास डढाएर
खरानी बगैंचामा हालेपछि
सयपत्री मुस्कुराउँछ
कात्रोको गोजी
चितामा जलेपछि
सहिदको सपना रमाउँछ
(२)
उषाको चितामा
अँध्यारो जलेपछि
उज्यालो मुस्कुराउँछ
कर्मको बारीमा
पसिना फलेपछि
भाग्यले गीत गाउँछ
( ३)
सत्ताको चितामा
जनताको स्वाभिमान जलेपछि
अभिमानको राग मुस्कुराउँछ
मुर्छित मुलुक
अक्सिजन खोज्दै
पराइ घर धाउँछ
(४)
सत्ताको धर्मयुद्धमा
दुर्योधन हारेपछि
शकुनिहरु पश्चातापमा बर्बराउछ्न्
कतै गंगालाल हार्दै गर्दा
गर्वले ताली ठोक्तै
जंगबाहादुरहरु रमाउँछन्
(५)
सम्राट नांगिँदा
अबोध बालकहरु
लाजले सर्माउँछ्न्
नांगो सम्राट देखे पनि
दरबारी भारदारहरु
हर्षले ताली बजाउँछ्न्
(६)
सत्ताको लुछाचुडीमा
दिक्दार सपना
राहदानी बेच्‍न दलाल खोज्छ
आफैंसँग हारेपछि
कर्मको बगैंचामा फुल रोप्‍न
अरबको मरुभूमि रोज्छ

प्रतिक्रिया