बुधबार, असार ११, २०८२

एयर इन्डियाको डेटा सर्भरमा साइबर आक्रमण

नेपालखोज २०७८ जेठ ८ गते २३:५०

मुम्बई । भारतको सरकारी एयरलाइन्स कम्पनी एयर इन्डियाको डेटा सर्भरमा साइबर आक्रमण भएको छ । साइबर आक्रमणबाट विश्वभरका आफ्ना ४५ लाख ग्राहकको डेटा प्रभावित भएको एयर इन्डियाले जनाएको छ ।

एयरलाइन्समाथि साइबर हमला भएको विषय गत फेब्रुअरीमा पहिलोपटक पत्ता लागेको बीबीसी हिन्दीले उल्लेख गरेको छ । साइबर आक्रमणका कारण एयरलाइन्सको सेवाग्राहीको पासपोर्ट, टिकटसँग जोडिएका जानकारी तथा क्रेडिट कार्डसम्मको जानकारीमा चुहावट भएको बताइएको छ ।

त्यस्तै, साइबर आक्रमणको बारेमा अनुसन्धान भइरहेको जनाउँदै एयर इन्डियाले आफ्ना सबै ग्राहकलाई आफ्नो वेबसाइटमा रहेको खाताको पासपोर्ट परिवर्तन गर्न भनेको छ ।

प्रतिक्रिया