नेविसंघद्वारा काठमाडौंमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन
नेपालखोज
२०७८ जेठ ८ गते २१:२२

काठमाडौं । काठमाडौंको पशुपति क्याम्पस अगाडी शनिबार साँझ पुत्ला जलाएर प्रदर्शन गरिएको छ । नेविसंघ नेता प्रेम शाहीको नेतृत्वमा प्रतिनिधिसभा विघटनविरुद्ध राष्ट्रपति र प्रधानमन्त्रीको पुतला जलाइएको छ ।
कोरोना भाइरस महामारीपछि अहिले काठमाडौंमा निषेधाज्ञा छ। शनिबारै नेविसंघले राष्ट्रपति कार्यालय शितल निवास अगाडि र माइतीघर मण्डलामा पनि प्रदर्शन गरेको थियो। नेविसंघ केन्द्रीय समितिले विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शनमा उत्रिन निर्देशन दिएको थियो।
सम्बन्धित

प्रतिक्रिया