बुधबार, जेठ २, २०८१

घाँस काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु

नेपालखोज २०७८ जेठ ९ गते ९:२४

डोटी । जिल्लामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

दिपायल सिलगढी नगरपालिका-८ लडागडा सेटिगाउँ बस्ने २१ वर्षीया कलादेवी कडायतको भिरबाट लडेर मृत्यु भएका हो ।

गाउँ नजिकैको कोइरेलीगाड जङ्गलमा घाँस काट्न गएको समयमा भिरबाट लड्दा घटनास्थलमै कडायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतकको शव अहिले परीक्षणका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ ।

प्रतिक्रिया