कोरोना संक्रमणबाट कांग्रेसका क्षेत्रीय सचिवको निधन
नेपालखोज
२०७८ जेठ ९ गते १४:०५

कञ्चनपुर । नेपाली कांग्रेस क्षेत्र नं २ का क्षेत्रीय सचिव सुदर्शन ऐरको ५२ वर्षको उमेरमा कोरोना सङ्क्रमणका कारण गएराति निधन भएको छ ।
सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा उहाँको निधन भएको हो । गत वैशाख २८ गते पीसीआरको नतिजा पोजेटिभ आएपछि घरमै आइसोलेसनमा बस्दै आएका ऐरलाई तीन दिनअघि मात्रै स्वास्थ्यमा समस्या बढ्दै गएपछि अस्पताल भर्ना गरिएको थियो ।
शुक्लाफाँटा नगरपालिका ९, सिसैया स्थायी घर भएका ऐर परिवारसहित कैलालीको गोदावरी नगरपालिका १, अत्तरियामा बस्दै आएका थिए ।
नेपाली कांग्रेस शुक्लाफाँटाका नेता तेज शाहले उनको निधनले पूरै पार्टी स्तब्ध भएको बताए ।
-प्रतीकात्मक तस्बिर
सम्बन्धित

प्रतिक्रिया