संसद् विघटनविरुद्ध शीतल निवास अगाडि प्रदर्शन गर्ने युथ कांग्रेसका कार्यकर्ता पक्राउ
नेपालखोज
२०७८ जेठ ९ गते १४:२१

काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोध गर्दै राष्ट्रपति भवन शीतल निवास अगाडि प्रदर्शन गर्ने युथ कांग्रेसका नेतारकार्यकर्ता पक्राउ परेका छन् ।
प्रतिगामी कदम खारेज, संसद् विघटनको निर्णय फिर्ता, राष्ट्रपति एक दलबाट परिचालित हुन नहुनेलगायतका नारा र प्ले कार्ड बोकेर शीतल निवासको गेट नजिकै प्रदर्शन गरेका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।
युथ कांग्रेस नेपालका राष्ट्रिय संयोजक सचिन तिमल्सेना, केन्द्रीय सदस्य मनोज पुरी, वाग्मती प्रदेश संयोजक साजन योञ्जन लगायत पक्राउ परेका केन्द्रीय सदस्य विद्युत् लामिछानेले जानकारी दिए ।
युथ कांग्रेस नेपालले पक्राउ परेका नेतारकार्यकर्ताको रिहाइको माग पनि गरेको छ ।
सम्बन्धित

प्रतिक्रिया