नेपालजस्तो अत्यन्तै राम्रो संस्कार र सभ्यता भएको देशमा चरित्रहीन राजनीति भइरहेको छ : प्रधानमन्त्री ओली

नेपालखोज २०७८ जेठ ९ गते १४:३३

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरूले गालीगलौजको राजनीतिक गरिरहेको आरोप लगाएका छन् । बालुवाटारमा आइतवार भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले स्वस्थ राजनीति गर्न छाडेर केही दल र नेताले चरित्रहीन आरोप लगाइरहेको उल्लेख गरेका छन् ।

नेपालजस्तो अत्यन्तै राम्रो संस्कार र सभ्यता भएको देशमा चरित्रहीन राजनीति भइरहेको ओलीको दाबी छ ।  यस्तै प्रधानमन्त्री ओलीले देशमा कोरोना महामारी अत्यन्तै भयावह अवस्थामा रहेको बेलामा केही व्यक्तिको स्वार्थका लागि सरकार र देशलाई नै बन्धक बनाउने काम भइरहेको आरोप लगाएका छन् ।  

प्रतिक्रिया