भारतका ओलम्पिक पदक विजेता पहलवान सुशील कुमार पक्राउ

नेपालखोज २०७८ जेठ ९ गते १५:२६

काठमाडाैं । भारतको दिल्ली प्रहरीको एक विशेष दलले भारतका ओलम्पिक बिजेता पहलवान सुशील कुमारलाई पक्राउ गरेको छ । दुई पटक ओलम्पिक पदक जितिसकेका सुशील कुमार अर्का पहलवान सागर राणाको हत्या आरोपमा फरार रहेका थिए ।

प्रहरीका अनुसार उनलाई दिल्लीको मुन्डकाबाट पक्राउ गरिएको हो । उनको सूचनादिनेलाई प्रहरीले एक लाख भारु दिने घोषणा गरेको थियो । सुशील कुमारमाथि पहलवान सागर राणा अपहरण, हत्यालगायतका विभिन्न धारामा एफआइआर दर्ता छ ।

३८ वर्षका पहलवान सुशील कुमारबाहेक प्रहरीले ४८ वर्षका अजयलाई पनि पक्राउ गरेको छ । उनको सुचना दिनेलाई ५० हजार दिने दिल्ली प्रहरीले बताएको थियो ।

प्रतिक्रिया