डब्ल्यूएचओले नेपाललाई आगामी साता स्वास्थ्य सामग्री पठाउने
नेपालखोज
२०७८ जेठ ९ गते १५:५५

काठमाडौं । विश्व स्वास्थ्य संगठन ( डब्ल्यूएचओ) ले आगामी साता नेपाललाई स्वास्थ्य सामग्री पठाउने भएको छ ।
कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढिरहेको कारण अहिले समस्यामा रहेका दक्षिण-पूर्वी एसियाली मुलुकलाई ३४० मेट्रिक टनभन्दा धेरै स्वास्थ्य सामग्री प्रदान गर्ने डब्ल्यूएचओले जनाएको छ ।
अबको केही सातामा नेपाल, भुटान, माल्दिभ्स र श्रीलंकालगायतका मुलुकमा आवश्यक स्वास्थ्य सामग्री पठाइने डब्ल्यूएचओले बताएको छ ।
डब्ल्यूएचओको दक्षिण-पूर्वी एसियाकी क्षेत्रीय निर्देशक पुनम खेत्रपाल सिंहका अनुसार हजारौं अक्सिजन कन्सन्ट्रेटर, टेस्टिङ किट्स, अस्पतालको बेड, टेन्ट र पीपीईहरु अहिले वितरण गरिने सहयोगका मुख्य सामग्री हुन् ।
ती सामग्रीहरु विभिन्न मुलुकहरु र सबैभन्दा धेरै आवश्यकता भएको क्षेत्रमा पठाएकाे बताइएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया