आइतबार, वैशाख १६, २०८१

सुनचाँदीकाे मूल्य सामान्य घट्याे

नेपालखोज २०७९ मंसिर २६ गते ११:१०

काठमाडौं । नेपाली बजारमा आज (साेमबार) सुनचाँदीको भाउ घटेकाे । छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख २ सय रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला १ लाख ५ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ ३ सय रुपैयाँले घटेको छ । तेजाबी सुन प्रतितोला ९९ हजार ७ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजाे तेजाबी सुन प्रतितोला १ लाख रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको भाउ पनि १० रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया