आफ्नो शरिरमा विस्फोटक पदार्थ पड्काएर बोको हरामका नेताद्वारा आत्महत्या

काठमाडौं । नाइजीरियामा दुई दसक देखि आतंक मचाउँदै आएको खुँखार संगठन बोको हरामका नेता अबुबकर शेकऊले आफ्नो शरिरमा विस्फोटक पदार्थ पड्काएर आत्महत्या गरेका छन ।
वाल स्ट्रीट जर्नलको एक रिपोर्ट अनुसार खूँखार आतंककारि संगठन बोको हरामका नेता अबुबकर शेकऊले अर्को हिन्सक समुह इस्लामिक स्टेट बाट घेरिए पछि आफैलाई बमले उड़ाएका हुन ।
केहि ढिलो गरी प्राप्त उक्त समाचार अनुसार बोको हरामको बेस क्याम्पमा इस्लामिक स्टेटले गत बुधवार हमला गरेको थियो ।
बोको हरामको बेस क्याम्प अफ्रिकी मुलुक नाईजेरियाको सांबिसा जंगलको टिम्बकटूमा भएको बताईन्छ । अबुबकर शेकऊले त्यही हमलाका क्रममा इस्लामिक स्टेटको गिरफ्तारिबाट जोगिन मृत्युु रोजेका हुन ।
यद्यपि बोको हरमले अहिलेसम्म अबुबकर शेकऊको मृत्युको पुस्टि गरिसकेको छैन । बोको हरामको स्थापना सन २००२ मा मोहम्मद यूसुफ बाट भएको थियो ।
नाइजीरियाको स्थानीय भाषा अनुसार बोकोको अर्थ पश्चिमा शिक्षाको बिरोध हो । सन २०१३ मा अमेरिकाले बोको हरामलाई आतंककारि संगठन घोषित गरेको थियो ।
प्रारम्भिक चरणमा यो संगठन नाइजीरियामा इस्लामको प्रचार तथा धर्मको शुद्धिकरणमा केन्द्रित थियो । समय क्रममा यो संगठन अत्यन्तै क्रुर हिंसक संगठनमा परिणत भएको हो

प्रतिक्रिया