आइतबार, असार २२, २०८२

राष्ट्र बैंकले आगामी असार मसान्तसम्म एक खर्ब १२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने

नेपालखोज २०७८ जेठ ९ गते १७:४२



काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी असार मसान्तसम्ममा थप एक अर्ब १२ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ ।

चालुु आर्थिक बर्षको पहिलो चौमासमा ५७ अर्ब र दोस्रो चौमासमा ५६ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाएको राष्ट्र बैंकको चालु आर्थिक बर्षको बजेटमा उल्लेख भएअनुसार नै चालु आवको तेस्रो चौमासको सरकारको लागि उक्त परिमाणमा आन्तरिक ऋण उठाउन लागेको हो ।

राष्ट्र बैंकले आज आईतबार पुन सार्वजनिक गरेको आन्तरिक ऋण निष्काशन तालिका अनुसार यसको लागि ६९ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल, ४० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र दुुई अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ ।

चालुु आर्थिक बर्षभरीमा कुुल दुई खर्ब २५ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको राष्ट्र बैंकले पहिलो र दोस्रो चौसमा क्रमश २५ दसमलव तीन र २४ दसमलव नौ प्रतिसत अथार्त ५७ अर्ब र ५६ अर्ब रुपैयाँ आन्तिक र ऋण उठाएकोमा तेस्रो चौमासमा भने एकै पटक कुुल आन्तरिक ऋणको ४९ दसमलव आठ प्रतिसत अर्ताथ एक खर्ब १२ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउन लागेको हो ।

प्रतिक्रिया