वाग्मती प्रदेशसभाको आठौं अधिवेशन आह्वान

नेपालखोज २०७८ जेठ १० गते २:००

मकवानपुर । वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले नेपालको संविधानको धारा १८३ को उपधारा १ अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सिफारिसमा वाग्मती प्रदेशसभाको आठौं अधिवेशन आह्वान गरेका छन् ।

यही जेठ १६ गते दिउँसो ३ बजेका लागि प्रदेशसभाको आठौं अधिवेशन आह्वान गरेका हुन् ।

मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशसभामा नीति, कार्यक्रम तथा आर्थिक प्रक्षेपणका विषयमा छलफल गर्ने क्रममा बैठक डाक्न सिफारिस गरेअनुसार आजै प्रदेश प्रमुख प्रसाईले बैठक आह्वान गरेको वाग्मती प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले जानकारी दिए । प्रदेशसभाको सातौं अधिवेशन बैठक गत बैशाख ९ गते अन्त्य गरिएको थियो ।

प्रतिक्रिया