सर्वोच्चमा रिट हाल्दै विपक्षी गठबन्धन, देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग

काठमाडौं । विपक्षी दलहरुको गठबन्धनले संसद् विघटनविरुद्ध आज सर्वोच्च अदालतमा रिट दायर गर्ने भएको छ ।
हिजो समय अपुग भएकाले आज विहान कार्यालय खु्ल्ने वित्तिकै रिट दर्ता गर्ने तयारी गरिएको हो । १४९ जनाभन्दा धेरै सांसदहरु भौतिकरुपमै उपस्थित भएर रुपमा रिट दायर गरिने बताइएको छ ।
रिटमा संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको दावी वैधानिक रहेको भन्दै प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग गरिएको छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति दोस्रो पटक प्रतिनीधिसभा विघटन गरेपछि विपक्षी दलले सर्वोच्चमा रिट दायर गर्न लागेका हुन् ।
को थिए रिटको ड्राफ्ट तयार गर्ने
कांग्रेस नेता रमेश लेखक
माओवादी केन्द्रका नेता देव गुरुङ
कानून व्यवसायीहरु
सतीशकृष्ण खरेल
योगेन्द्र कार्की
गोविन्द बन्दी
मुक्ति प्रधान

प्रतिक्रिया