सोमबार, वैशाख १५, २०८२

वाग्मती प्रदेशको आठौं अधिवेशन १६ गते

नेपालखोज २०७८ जेठ १० गते ९:०७

हेटौंडा । बागमती प्रदेशको आठौ अधिवेशन आगामी जेठ १६ गते बस्ने भएको छ ।

प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले आगामी जेठ १६ गते आईतवार दिउसो ३ बजेको अधिवेशन आह्वान गरेका हुन् ।

मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुखले अधिवेसन आह्वान गरेको प्रदेश सभा सचिव कृष्ण खड्काले जानकारी दिए । उनकाअनुसार आगामी आर्थिक वर्षको लागि ल्याईने बजेटको विषयमा संसदमा छलफल हुने छ ।

तर बैठकमा छलफल हुने विषयवस्तुको बारेमा औपचारिक तय भने कार्यव्यवस्था परामर्श समितिले गर्ने उनले बताए ।

मन्त्रिपरिषद् बैठकले असार १ गते बजेट र त्यसअघि नीति तथा कार्यक्रम घोषणा गर्न अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो ।

प्रतिक्रिया