बिहीबार, चैत १५, २०८०

आलोपालो गरी शाखा सञ्चालन गर्न बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

नेपालखोज २०७८ जेठ १० गते १५:०७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आलोपालो गरी शाखा सञ्चालन गर्न बैंक तथा फाइनान्स कम्पनीहरुलाई निर्देशन दिएको छ ।

आज सोमबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको नाममा परिपत्र जारी गर्दै निषेधाज्ञाको अवधिभर उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

राष्ट्र बैंकले परिपत्रमार्फत भनेको छ, ‘विश्वव्यापी रुपमा फैलिरहेको कोभिड-१९ को संक्रमण जोखिम न्यूनीकरण गर्दै उच्च सतर्कताका साथ सेवा प्रवाह गर्ने सम्बन्धमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र लघुवित्त संस्थाहरुलाई यही वैशाख १९ गते जारी गरिएको निर्देशनको बुँदा नम्बर २ को सम्बन्धमा काठमाडौं उपत्यकाको हकमा निषेधाज्ञा अवधिभर वाणिज्य बैंकहरुको हकमा काठमाडौं जिल्लामा तीनवटा, ललितपुर जिल्लामा दुईवटा र भक्तपुर जिल्लामा एउटा शाखा आलोपालो गरी खोल्नुपर्नेछ ।

यसैगरी विकास बैंकहरुका हकमा काठमाडौं जिल्लामा दुई वटा, ललितपुर र भक्तपुरमा एउटा-एउटा शाखा आलोपालो गरी खोल्नुपर्नेछ । फाइनान्स कम्पनीहरुको हकमा भने काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा एउटा-एउटा शाखा मात्र आलोपालो गरी सञ्चालन गर्नुपर्नेछ ।

प्रतिक्रिया