चौबीस घण्टामा ७ हजार ४२५ जनामा कोरोना संक्रमण पुष्टि, ७ हजार १३५ जना डिस्चार्ज
नेपालखोज
२०७८ जेठ १० गते १६:५३

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ४ सय २५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९ हजार ८४६ र एन्टिजेन विधिबाट ६०७ जनाको परीक्षण गर्दा ७ हजार ४ सय २५ जनामा संक्रमण पुष्टि भएको हो । आज थप ७ हजार ४ सय २५ जनामा संक्रमण पुष्टि भएसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख २० हजार नाघेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ७ हजार १३५ जना कोरोना सांक्रमण मुक्त भएका छन् । योसँगै संक्रमण मुक्त हुनेको कुल संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ । हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १ सय ८५ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ६ हजार ५३१ पुगेको छ ।
सम्बन्धित

प्रतिक्रिया