नेपाल-खनालसहित ११ नेता एमालेबाट निष्कासित

काठमाडौं । पार्टीको अनुशासन विपरीत गतिविधि गरेको भन्दै नेकपा एमालेले वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालसहित ११ जना सांसदलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।
एमाले स्थायी कमिटीको आज बसेको बैठकले खनाल र नेपालसहित विघटित संसदका ११ जना सांसदलाई निष्कासन गरेको हो । नेकपा एमालेको स्थायी कमिटी बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने विघटित प्रतिनिधिसभाका ११ सदस्यमाथि कारवाही गर्ने निर्णय गरेको हो।
बैठकले वरिष्ठ नेता नेपाल, खनालसँगै नेताहरु भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका अन्य नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको उनले जानकारी दिए । बैठकले अरू १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

प्रतिक्रिया