इजरायललाई अमेरिकाले किन गरिरहन्छ आर्थिक सहयोग ?

नेपालखोज २०७८ जेठ ११ गते ९:५८

एजेन्सी । अमेरिकी राष्ट्रपति जो वाइडेनले आफ्नै डेमोक्रेटिक पार्टीका केहि नेतामाथि इजरायललाई अमेरिकाद्धारा दिइएको आर्थिक सहयोगबारे प्रश्न उठाएका छन् ।

सीनेटर बर्नी सैंडर्सले भनेका छन् कि अमेरिकाले यो कुरालाई मुख्य ध्यान दिन जरुरी छ कि ‘यो पैसा कहाँ खर्च भइरहेको छ ?’

कति आर्थीक सहयोग दिन्छ अमेरिका ?

मे २०२० मा अमेरिकाले ३.८ बिलियन डलर आर्थीक सहयोग इजरायललाई गरेको थियो । यो लामो समय जाने सहयोगको पाटो हो, जुन ओबामा सरकारले भनेको थियो ।

ओबामा सरकारले २०१६ मा पुनः ३८ बिलियन डलर सहयोगको प्याकेजमा सम्झौता गरेको थियो । जसको अवधि २०१७-२०२८ सम्म थियो । यो रकम पछिल्लो दशकको अवस्थामा करिब ६ प्रतिशत धेरै हो ।

यसबाहेक पछिल्लो बर्ष अमेरिकाले शरणार्थीका लागि ५ मिलियन डलर सहयोग गरेको थियो । इजरायलमा लामो समयदेखि चलिआएको नीतिकाअनुसार दोस्रो देशबाट आउने यहूदिहरुलाई उसले आफ्नो देशमा बसाल्ने गर्दथ्यो ।

इजरायलले अमेरिकी सहयोगको प्रयोग कहाँ गर्यो

अमेरिकाले वितेका केहि बर्षमा इजरायलाई संसारकै उत्कृष्ट सेना बनाउन सहयोग गरेको छ । अमेरिकी सहयोग प्याकेजअनुसार इजरायल अमेरिकाबाट सैन्य सामग्री खरिद गर्छ ।

उदाहरणका लागि इजरायलले 50 FA-35 विमान खरिद गर्यो । जसको प्रयोग मिसाइल हमलाको लागि गरियो । यसैगरी 8 KC-46 ए बोइङ ‘पीगेसस’ विमान खरिद गर्यो । जसको मुल्य २.४ बिलियन डलर पर्छ । यो FA–35 जस्तो विमानमा हावामा इन्धन भर्न सक्छ ।

प्रतिक्रिया