विदेशमा रहेका थप ४१ नेपालीको कोरोना सङ्क्रमणबाट मृत्यु

काठमाडौं । गएको दुई हप्तामा विदेशमा रहेका थप ४१ जना नेपालीको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । गैरआवासीय नेपाली सङ्घ एनआरएनएको स्वास्थ्य समितिले भारतमा २९ जना, कतारमा ८ जना, फ्रान्समा १ जना, माल्दिम्समा १ जना, बेल्जियममा १ र प्रोचुगलमा १ जना गरी थप ४१ जना नेपालीको कोरोना सङ्क्रमणबाट ज्यान गएको उल्लेख गरेको छ ।
सङ्घको स्वास्थ्य समितिले सङ्कलन गरेको तथ्याङ्क अनुसार भारतसहित विभिन्न २८ देशमा रहेका ४ सय २३ जना नेपालीको अहिलेसम्म कोरोनाको कारण मृत्यु भएकाे छ ।
अहिलेसम्म विदेशमा ५४ देशमा १ लाख ७ हजार ८६ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरूमध्ये ९९ हजार २ सय ५७ जना नेपाली कोरोना मुक्त भएका छन् ।
गैरआवासीय नेपाली सङ्घले कोरोना महामारी सुरु भएदेखि नै विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, सङ्घसंस्था र सङ्घका शाखाद्वारा प्राप्त सूचनाका आधारमा तथ्याङ्क सङ्कलन गर्दै आएको छ ।
प्रतिक्रिया