नेपालमा फेरि सलह किराकाे जाेखिम बढ्याे

नेपालखोज २०७८ जेठ ११ गते ११:२२

काठमाडौं । संयुक्त रास्ट्र संघ (यूएन) अन्तर्गतको खाद्य एवं कृषि संगठन (एफएओ) ले गतबर्ष झै याे बर्ष पनि दक्षिण एसियाली क्षेत्रमा फाैजि किरा (सलह)काे प्रकोप देखा पर्न सक्ने आशंका जनाएकाे छ ।

गएकाे बर्ष काेराेना महामारीकाबीच फाैजि किराकाे प्रकोप देखा परेकाे थियाे । जसले नेपालकाे पश्चिमी क्षेत्रमा केही क्षतिसमेत पुर्यायो । रास्ट्र संघीय खाद्य एवं कृषि संगठन (एफएओ) ले जारी गरेकाे एक एडभाईजरीअनुसार यहि मई महिनामा दक्षिण-पश्चिम ईरानमा फाैजि किराकाे ठुलाे प्रजनन देखापरेकाे छ । अब त्यहाँ जन्मिएका अपरिपक्व तथा वयस्क फाैजि किरा हावा अनुकूल भएसँगै पूर्वतर्फ बढ्ने सम्भावना छ । ती किरा ईरानबाट पाकिस्तान हुँदै भारत र त्यसपछि नेपाल प्रवेश गर्न सक्छन् ।

यहि सम्भावनालाई ध्यानमा राख्दै भारतमा फाैजि किराकाे अनुमानित प्रवेश क्षेत्र राजस्थानको जैसलमेरमा सतर्कता अपनाउन थालिएको छ । यसअघि पनि फाैजि किरा पाकिस्तान -भारत हुँदै नेपाल प्रवेश गरेकाे थियाे ।

यद्यपि फाैजि किरा नेपाल कहिले भित्रिन्छ भन्ने एकिन छैन । एफएओले पनि यसपटक फाैजि किरा पाकिस्तानसम्म मात्र आइपुग्ने अनुमान गरेकाे छ ।

भारतमा फाैजि किरा नियन्त्रण तथा अनुसन्धान संगठनकाे एक बुलेटिनमा पनि फाैजि किराकाे हमला हुन सक्ने आशंका गरिएकाे छ । बुलेटिनअनुसार मई महिनाकाे शुरूवातसँगै इथोपियामा भएकाे राम्रो बर्षापछि फाैजि किराले ठुलाे मात्रामा अन्डा पारेकाे छ ।

यसैगरी उत्तरी सोमालियामा पनि फाैजि किराकाे प्रजननकाे सम्भावना छ । दक्षिणी हावाले ती किरालाई साऊदी अरब, ईराक, इज़रायल, जाेर्डन, लेबनान तथा सिरियासम्म पुर्याएकाे छ ।

भनिन्-तत्कालका लागि अफगानिस्तान, पाकिस्तान तथा भारतमा कुनै खतरा देखिँदैन तर दक्षिण-पश्चिम ईरानमा जन्मिएका फाैजि किरा पाकिस्तानतर्फ बढ्न भने सक्छन् । त्यसैले सम्भाबित खतरालाई मध्यनजर गर्दै नेपालमा पनि समयमै सचेतता अपनाउनु उचित हुन्छ ।

प्रतिक्रिया