आइतबार, असार २२, २०८२

सुनकाे मूल्य घट्याे

नेपालखोज २०७८ जेठ ११ गते १३:००

काठमाडाैं । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँ घटेको छ । दुई सय रुपैयाँ घटेको सुनको भाउ आज तोलाको ९३ हजार पाँच सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको ९३ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ घटबढ भएको छैन । चाँदी आज पनि तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया