मंगलबार, वैशाख २५, २०८१

प्रदेश १ मा भिम आचार्य मुख्यमन्त्री बन्दै

नेपालखोज २०७८ भदौ १० गते १२:१३


विराटनगर । नेकपा एमालेले भीम आचार्यलाई प्रदेश १ को संसदीय दलको नेतामा चयन गरेको छ । आज (बिहीबार) बिहान विराटनगरमा बसेको प्रदेश संसदीय दलको बैठकले आचार्यलाई संसदीय दलको नेतामा चयन गरेको हो ।

आचार्यलाई मुख्यमन्त्री तथा संसदीय दलका नेता चयन गर्न मुख्यमन्त्री शेरधन राईले प्रस्ताव गरेका हुन् । आचार्य आजै मुख्यमन्त्री नियुक्त हुँदैछन् । प्रदेश प्रमुखको कार्यालयले आचार्यलाई दिउँसो मुख्यमन्त्रीको सपथग्रहण गराउने तयारी गरेको छ ।

प्रतिक्रिया