कोभिड संक्रमितको उपचारमा गायक रामकृष्णद्वारा १८ लाख संकलन

नेपालखोज २०७८ जेठ ११ गते १४:०३

काठमाडौं ।  सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगेका गायक रामकृष्ण ढकालले त्यहाँ रहेका नेपालीबाट १८ लाख रुपैंयाँ संकलन गरी कोभिड संक्रमित बिरामीको उपचारका लागि नेपाल पठाएका छन् ।

गायक ढकालले सामाजिक सञ्जाल फेसबुकमा उक्त रकम नेपाली वैज्ञानिक महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रको बैंक खातामा जम्मा गरेको उल्लेख गरेका छन् ।

‘म विनम्रतापूर्वक राख्न चाहन्छु कि एक नेपाली संगीत साधकका रूपमा आज मेरो जुन परिचय बनेको छ, त्यो सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीको स्नेह, साथ र सद्भावकै कारण बनेको हो । उहाँहरू नेपालमा कोरोनासँग जीवन–मरणको युद्ध लडिरहेका बेला अमेरिकामै रहेकै बेला पनि केही सहयोग पुर्याउन सकिन्छ कि भन्ने पवित्र भावनाले मैले केही दिनअघि अमेरिकामा रहेका मेरा आदरणीय स्रोता–दर्शकमाझ सहयोगको आह्वान गरेको थिएँ’, उनले लेखेका छन् ।

प्रतिक्रिया