कांग्रेस पदाधिकारी बैठक आह्वान
नेपालखोज
२०७८ जेठ ११ गते १५:२३

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक भोलि (बुधबार) बिहान बस्ने भएको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक भोलि बिहान ९ बजेका लागि सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बोलाइएको छ।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीको १४औं महाधिवेशनबारे छलफल हुने उनले बताए।
सम्बन्धित

प्रतिक्रिया