प्रधानमन्त्री ओली र प्रधानन्यायाधीशबीच राणाबीच भेट भएको छैन : सर्वोच्च

नेपालखोज २०७८ जेठ ११ गते १६:१७

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराबीच कुनै भेटघाट नभएको स्पष्ट पारेको छ।

सर्वोच्च अदालतले मंगलबार एक विज्ञप्ति जारी गर्दै सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश जबराबीच बालुबाटारमा भेटघाट भएको भनि विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारमा कुनै सत्यता नभएको स्पष्ट पारेको हो।

सर्वोच्चका सह–प्रवक्ता देवेन्द्र ढकालले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच बालुवाटारमा मध्यरातमा छलफल भएकोलगायतका शिर्षक राखि विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारमा कुनै सत्यता नरहेको उल्लेख गरिएको छ ।

उक्त समाचारहरु प्रति सर्वोच्च अदालतको गम्भीर ध्यानाकर्षण भएको पनि विज्ञप्तिमा उल्लेख छ। साथै विज्ञप्तिमा समाचार प्रकाशन गर्ने सञ्चार माध्ययमलाई कानूनी कारबाहीको चेतावनी समेत दिईएको छ।

प्रतिक्रिया