नेपालको गणतन्त्र दिवसलाई ‘नेपाल डे’ को रुपमा मनाउने अमेरिकाको घोषणा

नेपालखोज २०७८ जेठ ११ गते २०:४०

काठमाडौं । अमेरिकाको न्यूयोर्क राज्यको विधान सभाले नेपालको गणतन्त्र दिवसलाई ‘नेपाल डे’ को रुपमा मनाउने घोषणा गरेको छ ।

अमेरिकामा रहेका नेपाली तथा नेपाली मूलका अमेरिकनहरुको पहिचान तथा सम्मान स्वरुप न्यूयोर्क राज्यले प्रत्येक वर्षको मे २९ तारिख (जेठ १५) लाई ‘नेपाल डे’ को रुपमा मनाउने निर्णय गरेको हो ।

यो घोषणासँगै अमेरिकामा पनि नेपाली भाषा, संस्कृति एवं पहिचानले सरकारी मान्यता पाएको छ । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा करिव चार लाखको हाराहारीमा नेपालीको बसोबास छ ।

प्रतिक्रिया