शुक्रबार, वैशाख ७, २०८१

अधिवक्ताको लिखित परीक्षा भदाै २३ देखि २६ गतेसम्म

नेपालखोज २०७९ असार १२ गते ८:४२

काठमाडाैं । अधिवक्ता तहको ३०औं लिखित परीक्षा भदाै २३ गतेदेखि २६ गतेसम्म हुने भएकाे छ । नेपाल कानुन व्यवसायी परिषद्ले सूचना जारी गर्दै अधिवक्ता तहको ३०औं लिखित परीक्षा हुने जनाएकाे हाे ।

परीक्षा आगामी भदाै २३ गतेदेखि २६ गतेसम्म वाग्मती प्रदेशको काठमाडाैंमा हुने छ । साेही मितिमा प्रदेश १ को विराटनगर, मधेश प्रदेशको जनकपुर, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा हुने छ ।

अधिवक्ता तहको ३०औं परीक्षामा सहभागी हुन नेपाल कानुन व्यवसायी परिषद् ऐन, २०५० को दफा १७१ बमोजिम योग्यता पुगेका इच्छुक व्यक्तिहरुले आवश्यक कागजातहरु नोटरी पब्लिकद्वारा प्रमाणित गराई मिति २०७९/०३/१५ गतेदेखि २०७९/०४/१५ गतेसम्म तोकिएको दरखास्त फाराम भरी बुझाउनुपर्ने छ ।

म्याद समाप्त भएको भोलिपल्टबाट अर्को सात दिनभित्र दोब्बर दस्तुर तिरी दरखास्त फाराम बुझाउन पनि सकिने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया