बुद्ध जयन्तीमा सुनसान स्वयम्भू ! (फाेटाे फिचर)
नेपालखोज
२०७८ जेठ १२ गते १३:१६

काठमाडाैं । आज बुधबार २५६५ औ बुद्ध जयन्ती । कोरोना संक्रमणको जोखिमकाबीच अनौपचारिक रुपमा मनाइँदै छ । नेपाल लगायत विश्वभरी रहेका बौद्धमार्गीहरुले कोरोना कहरकाबीच बुद्धजयन्ती मनाइरहेका छन् ।

काठमाडाैं उपत्यकामा विगत २६ दिन देखि निरन्तर निषेधाज्ञा भएकोले स्वयम्भु, बौद्ध जस्ता क्षेत्र आज बुधबार सुनसान देखिए । यसअघिका बुद्धजयन्तीहरुमा बौद्धधर्मावलम्बीहरुको ठूलो भीड लाग्ने स्वयम्भु कोरोना महामारीका कारण सुनसान बन्यो ।
बुद्धजन्मस्थलमा भने दीप प्रज्वलन गरी बुद्धपुर्णिमा मनाउने कार्यक्रम रहेको बताईएको छ । हरेक बर्ष बैशाख शुक्ल पुर्णिमामा बुद्ध जयन्ती मनाउने गरिन्छ । बुद्धको जन्म , ज्ञान प्राप्ती र मृत्यु महापरिनिर्माण बेशाख शुक्ल पुर्णिमाको दिन भएको मानिन्छ ।






सम्बन्धित

प्रतिक्रिया