कोरोना भ्याक्सिन लिने संसारकै पहिलो पुरुषको मृत्यु

काठमाडौं । कोरोना भ्याक्सिनको पहिलो डोज लिने दोस्रो व्यक्तिको बेलायतमा मृत्यु भएको छ । ब्रिटिश मीडियाहरुका अनुसार ८१ वर्षीय विलियम बिल शेक्सपीयरको मे २० मा मृत्यु भएको थियो ।
उनको मृत्यु अज्ञात कारणले भएको समाचारमा उल्लेख छ । शेक्सपीयर गत वर्षको ८ डिसेम्बरमा कोरोनाको खोप लगाउने संसारकै पहिलो पुरुष तथा दोस्रो मनुष्य हुन भने उनी भन्दा पहिले ९१ वर्षीया मार्गरेट कीननले खोप लगाएकि थिईन्, जसलाई कोरोनाको खोप लिने पहिलो व्यक्ति मानिन्छ ।
विलियमले यूनिभर्सिटी हस्पिटल कोवेंट्री एन्ड वार्कविकशायरमा फाइजर(बायोएनटेकको खोप लिएका थिए । विलियमलाई यो भ्याक्सिनको पहिलो डोज लिने संसारकै पहिलो व्यक्ति मार्गरेट कीननलाई खोप दिए लगत्तै खोप लगाईएको थियो अर्थात मार्गरेट सँगसँगै जसो ।
विलियमको मृत्यु पछि उनकी श्रीमती जोयले विलियम कोरोनाको पहिलो खोप लगाउने पुरुष भएकोमा निकै गर्व महसूस गर्थें भनी बताएको कुरा बेलायती संचार माध्यमहरुले उल्लेख गरेका छन ।
प्रतिक्रिया