लहैलहैमा सेयर बजारमा लगानी नगर्न धितोपत्र बोर्डको आग्रह
नेपालखोज
२०७८ जेठ २५ गते १८:४७
काठमाडौं । नेपाल धितोपत्र बोर्डले लहैलहैमा सेयर बजारमा लगानी नगर्न आग्रह गरेको छ । बोर्डले मंगलबार एक सूचना जारी गर्दैै बजारको सिद्धान्तअनुसार बजार घटबढ हुने हुँदा लगानीकर्ताले जोखिमलाई पनि ध्यानमा राखेर जोखिम बहन गर्न सक्ने गरी लगानी गर्न आग्रह गरेको हो ।
धितोपत्र बोर्डले अहिले सेयर बजारको ९० प्रतिशत कारोबार अनलाइनमार्फत भइरहेको जानकारी दिँदै प्रविधिको सही सदुपयोग गर्न पनि सचेत गराएको छ ।
बोर्डले लगानीकर्तालाई देशको आर्थिक अवस्था, प्रति–सेयर आम्दानी, प्रति–सेयर नेटवर्थ, मूल्य आम्दानी अनुपात, किताबी मूल्यमा बजार मूल्यको अनुपात, संस्थागत सुशासनको अवस्थासमेतलाई ध्यानमा राख्न सचेत गराएको छ ।
सम्बन्धित
प्रतिक्रिया