काठमाडाैंमा फेरि बर्ड फ्लु सङ्क्रमण भेटियो
नेपालखोज
२०७८ जेठ १२ गते १५:०३

काठमाडौं । काठमाडौंमा फेरि बर्ड फ्लु सङ्क्रमण भेटिएको छ । काठमाडौंको कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकामा पालिएका टर्कीमा बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएको हो । बर्ड फ्लु सङ्क्रमण पुष्टि भएसँगै त्यस क्षेत्रमा टर्की नस्ट गर्न बिहानैदेखि टोली खटाइएको पशु सेवा विभागले जनाएको छ ।
अस्वाभाविक रूपमा टर्की मर्न थालेको सूचना पाएलगत्तै नमुना सङ्कलन गरेर केन्द्रीय प्रयोगशालामा आरटी पीसीआर परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको विभागले जनाएको छ ।
अहिले सङ्क्रमण थप फैलन नदिनका लागि नियन्त्रणको प्रयास भइरहेको र प्रभावित क्षेत्रका पक्षी नष्ट गर्ने टोली बिहानैदेखि परिचालित भएको छ ।
सम्बन्धित

प्रतिक्रिया