निर्माण व्यवसायी महासंघले दियो आगामी बजेटको लागि १३ बुंदे सुझाव

नेपालखोज २०७८ जेठ १२ गते १७:१७

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले बजेटको लागि सुझाव दिएको छ । संघले आर्थिक वर्ष २०७८–०७९ को बजेटका लागि १३ बुंदे सुझाव दिएको हो ।

महासंघका अध्यक्ष रवि सिंहले आज एक विज्ञप्तिमार्फत् १३ बुँदे सुझावहरू सार्वजनिक गरेका छन् । स्रोतमा कट्टी भएको अग्रिम मुल्य अभिवृद्धि कर रकम फिर्ता, जरिवाना, ब्याज र थप दस्तुर छुट, डिजेलमा लागेको मुल्य अभिवृद्धि कर फिर्ता, धरौटी रकम फिर्ता, मुल्य अभिवृद्धि कर तथा अग्रीम आयकर लगायतका सम्बन्धमा केन्द्रीत रहँदै महासंघले सुझावहरू सार्वजनिक गरेको हो ।

त्यस्तै भुक्तानी, अतिरिक्त खर्च, बैंक ऋण किस्ता, बैंक ग्यारेण्टी तथा बिमाको म्याद थप सम्बन्धमा पनि महासंघले आफ्नो सुझावहरू अघि सारेको छ । महासंघका सुझावहरूलाई आसन्न बजेटमा समावेश गरिएमा कोभिड–१९ को चर्को कहरबीच पनि निर्माण उद्योग सहित समग्र अर्थतन्त्रमा नै केही सकारात्मक संकेत देखिने महासंघले जनाएको छ ।

प्रतिक्रिया