‘राष्ट्रिय सहमतिबिना सत्तास्वार्थका लागि सरकारले नागरिकता अध्यादेश ल्यायो’
नेपालखोज
२०७८ जेठ १२ गते २०:२७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले नागरिकता जस्तो संवेदनशील विषयमा राष्ट्रिय सहमतिबिना सत्तास्वार्थका लागि सरकारले अध्यादेश जारी गरेको भन्दै गम्भीर ध्यानार्कषण भएको जनाएको छ ।
अध्यक्षत्रय पशुपतिशम्शेर जबरा, डा. प्रकाशचन्द्र लोहनी, कमल थापाले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै संसद विघटन गरेर नागरिकता अध्यादेश ल्याउनु सरकारको बदनियत भएको बताएका छन् ।
विधि, प्रक्रिया मिचेर तथा सत्ताको सौदाबाजीका निम्ति राष्ट्रिय हित विपरीत प्रावधान राखेर अध्यादेश जारी गरिएको भन्दै राप्रपाले त्यसमा पुनर्विचार गर्न सरकारलाई आग्रह गरेको छ ।

सम्बन्धित

प्रतिक्रिया