२०७५ जेठ २ मा फर्किए मात्रै एकता जोगिन्छ : विष्ट

नेपालखोज २०७८ जेठ १३ गते ८:३८

काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ को पूर्ववत् अवस्थामा फर्काएर मात्रै एकता जोगिने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत विष्टले भनेका छन् ‘राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल एवं एकीकृत पार्टीले मात्रै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्दछ ।’

पछिल्लो पटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने र मुद्दा मामिला गर्ने सन्दर्भमा माधव नेपाल पक्षमा हस्ताक्षर गरेका थिएनन् ।

प्रतिक्रिया