आज सुनुवाइ हुने सबै मुद्दा प्रधानन्यायाधीश राणाको बेन्चमा
नेपालखोज
२०७८ जेठ १३ गते ११:०७

काठमाडाैं । प्रतिनिधिसभा विघटनविरूद्ध परेका १९ वटा रिटमाथिको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासमा हुने भएको छ ।
सबै रिटको सुनुवाइका लागि राणको एकले इजलासमा पेशी तोकिएको छ । संविधानको धारा ७६-५ को प्रधानमन्त्री नियुक्तिको विकल्प हुँदा हुँदै राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेपछि त्यसकाविरूद्ध ३० रिट निवेदन दर्ता भएका छन् ।
त्यसको सुनुवाइ आजदेखि नियमित इजलासमा हुँदैछ । अन्तरिम आदेश माग गरिएका १९ रिट निवेदनको पेसी आज भएको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले बताए ।
प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको उक्त कदमको विपक्षी दलका अधिकांश नेताहरूले विरोध गर्दै कानूनी र राजनीतिक प्रतिवादमा उत्रिएका छन् ।
सम्बन्धित

प्रतिक्रिया