पूर्वप्रमुख निर्वाचन आयुक्तहरुद्वारा मतदातालाई प्रभावित पार्ने गरी बजेट नल्याउन आग्रह

नेपालखोज २०७८ जेठ १३ गते ११:४८

काठमाडाैं । पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले मतदातालाई प्रभावित पार्ने गरी बजेट नल्याउन सरकारलाई आग्रह गरेका छन् ।

संयुक्त विज्ञप्ति निकालेर पूर्वप्रमुख आयुक्तहरूले सरकारले आउँदो कात्तिक र मंसिरमा चुनाव घोषणा गरेर अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरिरहेको अवस्थामा मतदातालाई प्रभावित पार्ने कुनै कार्यक्रम नसमेट्न पाँच जना पूर्व प्रमुख निर्वाचन आयुक्तले आग्रह गरेका हुन् ।

समान प्रतिस्पर्धाको सिद्धान्तमा रहेर मात्रै बजेट ल्याउन उनीहरुको माग छ । यस्तै निर्वाचन आयोगले पनि आफ्नो संवैधानिक दायित्वको ख्याल गरेर सम्बद्ध पक्षलाई समयमै सजग गराउने विश्वास लिइएको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया