महन्थ ठाकुर र राजेन्द्र महतोले नयाँ पार्टी दर्ता गर्ने

नेपालखोज २०७८ जेठ १३ गते १२:३८

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा )का अध्यक्ष महन्थ ठाकुरले नयाँ पार्टी दर्ता गर्ने बताएका छन् । ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आज निर्वाचन आयोगमा गएर राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) दर्ता गर्ने भएका हुन् ।

जसपाको कार्यकारिणी समितीमा उपेन्द्र यादव पक्षको बहुमत भएपछि ठाकुरले पुरानै पार्टीलाई ब्युँताउने भएका छन् । जसपाको ५० सदस्यीय कार्यकारिणीमा २१ जना मात्र ठाकुरको पक्षमा छन् भने बाँकी २९ सदस्य यादवको पक्षमा छन् ।

राजपाको चुनाव चिह्‍न भने हातको पञ्जा हुने भएको छ । राजपा बुधबार नै दर्ता गर्ने तयारी भए पनि सार्वजनिक बिदा भएको कारण रोकिएको थियो ।

प्रतिक्रिया