कोरोना संक्रमणबाट वडाध्यक्ष शिगूकाे मुत्यु

नेपालखोज २०७८ जेठ १३ गते १२:५३

पाँचथर । कोरोना भाइरस सङ्क्रमण भई उपचाररत हिलिहाङ गाउँपालिका-४ का वडाध्यक्ष श्रीप्रसाद शिगूको उपचारका क्रममा निधन भएको छ ।

दुई सातादेखि झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचाररत वडाध्यक्ष शिगूलाई आज बिहान चिकित्सकले मृत घोषित गरेको गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङदेनले पुष्टि गरे ।

कोरोना भाइरसको सङ्क्रमण भएपछि वडाध्यक्ष शिगूलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो । शरीरमा अक्सिजनको मात्रा बढ्न नसकेपछि लामो समय उनलाई बीएन्डसी अस्पतालको सघन उपचारकक्षमा राखी उपचार भइरहेकाेमा आज बिहान चिकित्सकले मृत घोषणा गरेका हुन् ।

प्रतिक्रिया