कथालयको दुई कृति प्रकाशित
नेपालखोज
२०७७ फागुन ३ गते १३:३८
काठमाडौं । कथालय इन्कले विश्वका उत्कृष्ट र रमाइला बालकथाहरुलाई अनुवाद गर्दै आएको छ ।
कथालयले सो क्रममा रोचक कथा र लोभलाग्दा चित्रहरुले भरिएका बालसाहित्य शृंखला एमिली र खरायो शृंखलाका दुई पुस्तक नेपालीमा अनुवाद गरेको हो।
क्रेसिडा कावल र निअल लेटनको एमिली खरायो र एमिली र त्यो चिज दुवै कथाले बालबालिकालाई कल्पना र रोमाञ्चका बेग्लै दुनियाँमा पुर्याउने कारण कथालयले अनुवाद गरी प्रकाशन गरेको हो।
सम्बन्धित
प्रतिक्रिया