नेशनल लाइफ इन्स्योरेन्सद्वारा २५ लाखको बिमा दाबी भुक्तानी
नेपालखोज
२०७८ जेठ १३ गते १७:१३

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले लहान शाखाबाट २५ लाख रुपैयाँको घातक रोगदावी भुक्तानी गरेको छ ।
कम्पनीका अनुसार बिहीबार सिरहा नगरपालिका लहान १ निवासी शकुन्तला पोद्दारले गरेको जीवन बिमा वापतको रकम उनको भतिज गोविन्द अग्रवाललाई घातक रोग दावी रकम २५ लाख रुपैयाँ विमांक रकम वापत भुक्तानी गरिएको हो ।
शकुन्तला कुमारी पोद्दारले २०७६ असोज २७ गते २५ लाख रुपैयाँ बराबरको जीवन अमृत योजना खरिद गरेकी थिइन् । दाबी भुक्तनी कार्यक्रममा शाखा प्रमुख संजय कुमार सिंह ,सिनयर एजेन्सी मेनेजर मोहन झा र पोद्दारको सपरिवारको उपस्थिती रहेको थियो ।
बिमा दाबी भुक्तानी लिदैगर्दा विमीतको भतिजा गोविन्द अग्रवालले घातक रोग दाबी भुक्तानी सरल र सहज रुपमा पाएको बताएका छन् ।
सम्बन्धित
प्रतिक्रिया