राष्ट्र बैंकले बैंकिङ प्रणालीमा २४ करोड ९३ लाख रुपैयाँ संस्थागत निक्षेप राख्ने

काठमाडौं । नेपाल राष्ट्र बैकले बैंकिङ प्रणालीमा २४ करोड ९३ लाख रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार तीन सय ६५ दिने मुुद्धती निक्षेपकोरुपमा २०७८ असार एक गतेदेखि २०७९ जेठ ३१ गतेसम्मको लागि उक्त परिमाणमा रकम राख्न लागिएको हो ।
यसरी मुुद्धती निक्षेपकोरुपा राखिने कुुल रकम मध्येमा वाणिज्य बैंकहरुको लागि १९ करोड ९६ लाख, विकास बैंकहरुको लागि तीन करोड ७३ लाख र फाइनान्स कम्पनीहरुको लागि एक करोड २४ लाख रुपैयाँ छुुट्याइएको छ ।
राष्ट्र बैंकका अनुसार रकम लगानी गर्न चाहाने इच्छुुक तथा फाइनान्स कम्पनीहरुले यही जेठ १८ गते मध्यान्ह दुुई बजेसम्म नेपाल राष्ट्र बैंकमा आफुुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुुपर्ने छ ।
रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाइनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुुनुुपर्ने प्रावधानहरु तोकिएका छन् ।

प्रतिक्रिया